तामाङले भने, 'हाम्रो पक्षमा दिनप्रतिदिन उत्साह, ऊर्जा र विजयको माहोल बढिरहँदा पराजित मानसिकता बोकेका विभिन्न शक्तिहरुले गठबन्धनको नाममा फैलाएका तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति घोर आपत्ति प्रकट गर्दछौं ।'
दमक — झापा-५ का लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले केपी ओलीले आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
नेकपा झापा-५ मूल निर्वाचन परिचालन समितिद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा तामाङले उक्त आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा ओलीलाई तामाङले भने, 'जोसुकैले सहयोग गरे पनि तपाईंले चुनाव जित्नुहुन्न । त्यसैले वाम आन्दोलनको रक्षाका लागि तपाईंले हामीलाई सहयोग गर्नुपर्छ ।' ओलीले नेकपालाई सहयोग गरेर वाम आन्दोलनको पक्षमा उभ्याउन ओलीलाई सुझाव दिए ।
तामाङले भने, 'हाम्रो पक्षमा दिनप्रतिदिन उत्साह, ऊर्जा र विजयको माहोल बढिरहँदा पराजित मानसिकता बोकेका विभिन्न शक्तिहरुले गठबन्धनको नाममा फैलाएका तथ्यहिन र भ्रामक दुष्प्रचारप्रति घोर आपत्ति प्रकट गर्दछौं ।'
यसैगरी तामाङले ओली र बालेन समूहले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा आपत्ति प्रकट गरे । उनले भने, 'निर्वाचन परिणामलाई प्रभावित गर्ने मनशायले सत्ता र शक्तिको आडमा बजेट, योजना र अनेक प्रलोभनका पोका छरेर गरिएका सबै खाले आचारसंहिता विरोधी हर्कतको घोर निन्दा र भर्त्सना गर्दै त्यसखालका क्रियाकलाप तत्काल रोक्न आग्रह गर्दछौं ।'
तामाङले चुनाव विथोल्न कसैले लाग्नु नहुने बताए । उनले भने, 'रिपोर्टिङको सिलसिलामा झापा-५ अन्तर्गत कमल गाउँ पालिकामा पुगेका पत्रकार अर्जुन आचार्यमाथि एमाले निकट नेसनल भोलिन्टियर्स फोर्सका कार्यकर्ताबाट गरिएको सांघातिक हमलाको घोर भर्त्सना गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दछौं ।'
नेकपा झापा-५ का चुनावी कमाण्डर सुरेन्द्र बस्नेतले ओली र वालेन दुवैले ब्यापक आचारसंहिता उल्लंघन गरेर मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।
