उनले यो अवधिमा सरकार बनाउने र भत्काउनेमा केन्द्रित भएको स्वीकार गर्दै गठबन्धनको राजनीतिले खराब नतिजा दिएको दाबी गरे ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१मा हुने निर्वाचन नियमित नभएको भन्दै फेरि एक पटक नागरिकसँग विश्वास माग्नुपर्ने बताएका छन् । उनले सुशसान र विकासको ग्यारेन्टी गर्नेगरी र पाँच वर्ष अरु केही पनि नगरी काम गर्ने दाबी गरेका छन् ।
शुक्रबार बुटवलको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले २०१५ सालदेखि विभिन्न समयमा नेपाली कांग्रेस सरकारमा गएको अवस्थामा काम गरेको र अब पनि गर्न सक्ने दाबी गरेका हुन् । उनले २०७४ पछिको समय खेर गएको र त्यसको जिम्मेवारी पनि नेपाली कांग्रेसले लिने उनले बताए ।
‘यो अवधिमा अरु पनि सरकारमा गएका छन् । एमाले, माओवादी, रास्वपा सबै निर्वाचनको मैदानमा छन्,’ थापाले भने ‘तर कसैले पनि किन जिम्मेवारी लिँदैनन् । कहिले किन मुद्दामाथि बहस भइरहेको छैन?’ थापाले रास्वपा पनि सरकारमा बसेको तर किन अहिले अरुलाई मात्र गाली गर्दै हिँडेको भन्दै प्रश्न गरे ।
उनले यो अवधिमा सरकार बनाउने र भत्काउनेमा केन्द्रित भएको स्वीकार गर्दै गठबन्धनको राजनीतिले खराब नतिजा दिएको दाबी गरे । राजनीति फोहोर भएकाले आफूहरु सफा गर्न आएको उनको दाबी छ ।
‘हामी पाँच वर्ष यो फोहोर सफा गर्न आएका हौं । फागुनमा निर्वाचन छ । चैतको पहिला हप्ता सरकार बन्छ । अनि कांग्रेस नेतृत्वको सरकारले वैशाख एक महिनाभित्र गर्ने कामको सूची तयार गरेर भन्ने अनि त्यसैगरी अरु महिनामा पनि यस्तै हुने छ ।’
उनले कुनै पनि व्यक्तिलाई भगवान बनाउने वा दानव नगर्ने नभई काम गर्ने दाबी गरे । उनले सबै पालिका र प्रदेशसँग मिलेर काम गर्ने उनको भनाइ छ ।
उनले काम गर्नका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले राष्ट्रिय सभादेखि सबै दलहरुको साथ चाहिने भन्दै कसैलाई पनि दुश्मन बनाएर नहुने दाबी गरे । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेमा देश दुर्घटनामा पर्न नदिने ग्यारेन्टी दिने बताए ।
