हामी चीन र भारतका बीचमा छौँ, चर्को कुरा गरेर हुँदैन : थापा 

‘भारत र चीनको बीचमा छौँ, चर्को कुराले मात्रै हुँदैन। सबैलाई मिलाएर जानुपर्छ,’ थापाले भने ‘छरछिमेकीको बीचमा सन्तुलन मिलाउनुपर्छ । ’

फाल्गुन १५, २०८२

कान्तिपुर संवाददाता

We are between China and India, we can't talk loudly: Thapa

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले नेपाल दुई ठूला देश छिमेकीको बीचमा भएकाले चर्को कुरा गरेर नहुने बताएका छन्।  

शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले दुवै देशसँग मिलेर जानुपर्ने  र सन्तुलित विदेश नीति आवश्यक हुने बताए। ‘भारत र चीनको बीचमा छौँ, चर्को कुराले मात्रै हुँदैन। सबैलाई मिलाएर जानुपर्छ,’ थापाले भने ‘छरछिमेकीको बीचमा सन्तुलन मिलाउनुपर्छ । ’

सभापति थापाले भूराजनीतिक संवेदनशीलतालाई बुझ्नुपर्नेमा जोड दिए।  थापाले देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी  कांग्रेस भएको थापाको भनाइ थियो। 

उनले २१ फागुनमा हुने निर्वाचनमा पाँच वर्षका लागि बहुमत दिनुपर्ने बताए । उनले आफूहरू हरेक दिन विश्राम नगरी काम गर्ने वाचा पनि गरे । उनले आफूहरूले यसअघि सार्वजनिक गरेको प्रतिबद्धतापत्र र हरेक महिनामा कामको प्रतिबद्धतापत्र पनि ल्याउने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully