न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
काठमाडौँ — सर्वोच्च अदालतले प्रगतिशील लोकतान्त्रिक पार्टीको नेता तथा कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्माको कर्णाली प्रदेशसभा सदस्य पद खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उनको सांसद पद यथावत् रहेको छ । माओवादीबाट निर्वाचित भएको उनी नेकपा भएपछि प्रलोपातिर लागेका थिए ।