२०८२-२०८७ को पाँच वर्ष स्वर्णकाल बनाउने संकल्प बोकेर आफूहरु आएको उनले दाबी गरे ।
काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले अबको पाँच वर्ष नेपाली कांग्रेसलाई दिने हो भने स्वर्णकाल बनाउने दाबी गरेका छन् ।
सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले एकले अर्कालाई गाली गर्ने नभई काम गर्ने समय भएको बताए । २०८२ देखि २०८७ सम्मको पाँच वर्ष कांग्रेसलाई दिन भन्दै स्वर्णकाल बनाउने संकल्प बोकेर आफूहरु आएको दाबी गरे ।
उनले माओवादी द्वन्द्वमा जनता मारिँदा नक्कली शरणार्थी भएर विदेश बसेकाहरुले अहिले पाँच वर्षमा कायापलट गर्छु भनेर चटक गरेको आरोप लगाए । उनले यो पाँच वर्षको कार्यकालमा एउटा काण्ड पनि नछोड्ने र सबैलाई कारबाहीको दायरमा ल्याउने दाबी गरे । 'आफ्नै परिवारको सदस्य भए पनि छाडिन्नँ । अब परिवर्तन होइन मौका दिनुस्,' उनले भने ।
