नयाँ भनिएका पार्टीसँग वैचारिक बहस गर्न चाहन्छौं: वर्षमान पुन

उनले नयाँ भनिने दल संघीयताको विरोध गरेर र गरिबलाई अन्याय गरेर चर्चामा आएको आरोप लगाए।

फाल्गुन ७, २०८२

काशीराम डाँगी

We want to have an ideological debate with the so-called new party: Barshaman Pun

What you should know

रोल्पा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पछिल्लो समय गठन भएका नयाँ पार्टीमा वैचारिक धारणा स्पष्ट नभएको आरोप लगाएका छन्। उनले नयाँ पार्टीहरूमा राजनीतिक धार प्रष्ट नदेखिएको समेत बताए।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै उनले 'लोकप्रियताबादी राजनीति' को भर न हुने दाबी गरे । त्यसरी गरेको राजनीति न चल्ने रनगर्न पनि उनको आग्रह छ। 'नयाँ भन्नाले हामीले संघीयता विरोधी, दक्षिणपन्थी, एकाधिकार चाहने र पपुलिजममा विश्वास गर्ने भनेर बुझ्ने हो कि?' लिवाङमा बिहीबार आयोजित पत्रकार भेटघाटमा पुनले प्रश्न गरे, 'विचार र धारले नयाँ पार्टी हो कि, कसरी नयाँ हो? म बहस गर्न चाहन्छु। आउनुहोस्, सहकार्य र प्रतिस्पर्धा गरौं, तर त्यसअघि बहस गरौं वैचारिक धारबाट।'

नेकपालेएकातिर पुराना दल कांग्रेस र एमालेसँग र अर्कोतिर नयाँ भनिएका दलसँग लड्नुपरेको उनले बताए ।उनले नयाँ भनिने दल संघीयताको विरोध गरेर र गरिबलाई अन्याय गरेर चर्चामा आएको आरोप लगाए ।

'काठमाडौंमा हुँदा संघीयताको विरोध गर्ने, जनकपुर पुग्दा भने संघीयता चाहिन्छ भन्ने । कालो धन्दा वा कर छलीबाट कमाएको कालोधनको पैसा र सवारीसाधनको प्रयोग गर्ने ? अनि कसरी सुशासन हुन्छ ?'  उनले प्रश्न गरे । नेपालमा कम्युनिस्टले मात्रै राष्ट्रियता र स्वाधीनताको रक्षा गर्ने उनको दाबी छ।  

रोल्पामा केही उम्मेदवारले केही असहज गतिविधि गरेको तर त्यसबाहेक राम्रो वातावरण भएको उनको टिप्पणी छ। साथै सबै उम्मेदवार बीचमा राम्रो सम्बन्ध रहेको उनले बताए । आफूहरुसहितको शक्तिले तीन तहको संघीयता ल्याएको रअहिले त्यसको प्रवर्द्धनमा लागेको स्मरण गराउँदै उनले भने, 'अहिलेको निर्वाचनबाट राष्ट्रिय स्वाधीनता जोगाउन जनमत मिल्नु पर्छ।' त्यसैको लागि चिन्ता बढेको उनले बताए ।

अहिले राष्ट्रिय स्वाधीनताको विषय पेचिलो बनेको र सुशासनको विषय महत्त्वपूर्ण रहेको उनले बताए ।निर्वाचनकोक्रममा आफ्नो पार्टीले सुशासनको मुद्दालाई मुख्य मुद्दाको रूपमा उठाएको नेता पुनले बताए । 'समृद्धि र सुशासन पहिलो प्राथमिकता रहेको छ। हामी प्रतिपक्षी हुँदा पनि मुख्य मुद्दा सुशासन थिए,' उनले भने।

राज्य प्रणालीकोसुदृढीकरण गर्न आर्थिक समृद्धि, प्राकृतिक सम्पदा र पर्यटनको विकास मुख्य एजेन्डा भएको र यसैबाट मुलुकको समृद्धि हुने उनले बताए ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully