नले समर्थन गर्न र आलोचना गर्न दुवै अधिकार रहेको भन्दै बोलेकै आधारमा डराउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले आफूहरू अतिवादमा विश्वास नगर्ने बताएका छन्। उनले सबैलाई मिलाएर अघि बढाउने कुरामा विश्वास राख्ने बताए। उनले माओवादीको दबदबा भएको बेला जस्तै बोल्न डराउनु पर्ने अवस्था आएको हो कि भन्ने प्रश्न पनि उठाए।
उनले समर्थन गर्न र आलोचना गर्न दुवै अधिकार रहेको भन्दै बोल्ने आधारमा डराउनु पर्ने अवस्था अन्त्य हुनुपर्ने बताए। घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।
सभापति थापाले हालैमात्र पार्टी प्रवेश गरेका केही साथीहरूले सामाजिक सञ्जालमार्फत गाली पाएको प्रसंग पनि सुनाए। उनले भने, 'हालैमात्र पार्टी प्रवेश गरेका एकजनाले आफूलाई सोसल मिडियामा ९ सय जनाले रिप कमेन्ट आएको बताए।'
उनले समर्थन र विरोध दुवै नागरिकको अधिकार भएको बताउँदै भने, ‘प्रश्न गर्ने अधिकार हो। प्रश्न गर्दा तपाईं चुस्त र दुरुस्त हुनुहुन्छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो।’
