एमालेले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र [पूर्णपाठ]

घोषणापत्रमा एमालेले समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखेको छ ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

UML releases election manifesto [Full text]

काठमाडौँ — एमालेले अब पाँच वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १ सय खर्ब रुपैयाँ पुर्‍याउने वाचासहितको घोषणापत्र सार्वजनिक गरेको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्दै एमालेले अबको १० वर्षभित्र अर्थतन्त्रको आकार २ सय खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य पनि उल्लेख छ ।

एमालेले हरेक वर्ष ७ देखि ९ प्रतिशतसम्म आर्थिक वृद्धिको लक्ष्य पनि राखेको छ ।

घोषणापत्रअनुसार, विद्यार्थीलाई २० लाख रुपैयाँ निर्ब्याजी ऋण दिने, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने, स्वास्थ्य स्वयंसेविकाको भत्ता मासिक २० हजार रुपैयाँ दिने, महिलालाई २० लाख रुपैयाँ निर्ब्याजी ऋण दिने र गरिब परिवारको ऋण माफ गर्ने योजना पनि समावेश गरिएको छ।

त्यसैगरी, एमालेले घोषणापत्रमा तत्काल गर्ने ११ कामको सूची समेटेको छ। पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भ पनि यसमा राखिएको छ। निर्वाचनपछि बन्ने मन्त्रीपरिषद्को सरकारबाट समयसीमा तोकेर तत्काल गरिने ११ कामको कार्यसमय निर्धारण गरिने पनि अध्यक्ष ओलीले बताए।

घोषणापत्रमा एमालेले समृद्धिका २५ स्तम्भलाई प्राथमिकतामा राखेको छ ।

के छ एमालेको घोषणापत्रमा ?

कान्तिपुर

Link copied successfully