एमाले नेता मानन्धर कांग्रेसमा प्रवेश

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

UML leader Manandhar joins Congress

काठमाडौँ — नेकपा एमालेका नेता एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।

उक्त अवसरमा थापाले लोकतान्त्रिक मूल्य, सुशासन र उत्तरदायी शासन प्रणाली निर्माणमा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुभवी नेताहरूको सहभागिताले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully