कांग्रेसले गर्यो ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सभापति गगन थापाले यो प्रतिज्ञा पूरा गर्न कांग्रेसले के–के गर्ने भन्ने बिषय घोषणापत्रमा उल्लेख गरिएको पनि बताए।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress resolves to make Nepal corruption-free within 5 years

काठमाडौँ — काठमाडौंमा आयोजित कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै सभापति गगन थापाले ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प व्यक्त गरे। उनले यो प्रतिज्ञा पूरा गर्न कांग्रेसले के–के गर्ने भन्ने बिषय घोषणापत्रमा उल्लेख गरिएको पनि बताए।

सभापति थापाले २०४८ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्तीको छानबिन गरिने पनि बताए। उनले भने, ‘हामीले यसमा नाता–गोता केही हेर्दैनौं।’ उनले नियुक्तीमा दलको हैसियतले नभई योग्यता र क्षमता हेर्ने पनि बताए। कांग्रेसले संवैधानिक आयोग र विश्वविद्यालयमा भागबन्डा नगर्ने र त्यस्ता कुरा अब सुन्न नपर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

पद लिनुभन्दा अघि र पद मुक्त भएपछि सम्पत्ती विवरण सार्वजनिक गर्ने योजना पनि कांग्रेसले अघि सारेको बताइएको छ।

सभापति थापाले संसारभर छरिएर रहेका नेपालीको ज्ञान, पूँजी र अनुभव देशको पुनर्जागरणमा खर्च गर्न कांग्रेसले पहल गर्ने र त्यसका लागि अभिभावकको भूमिका खेल्ने पनि बताए।

कान्तिपुर

Link copied successfully