उनले निजी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक पहल गर्नुपर्ने र राज्यले आफैं उद्यमशील सोच राख्नुपर्ने बताए। उनले भने, ‘नेपाल प्रो–प्राइभेट सेक्टर पार्टी हो।’
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले अर्थतन्त्र सुधारका लागि आगामी समयलाई आर्थिक पुनरुत्थानको दशक बनाउने बताएका छन्। उनले नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने लक्ष्य पनि सार्वजनिक गरे। उनले निजी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक पहल गर्नुपर्ने र राज्यले आफैं उद्यमशील सोच राख्नुपर्ने बताए। उनले भने, ‘नेपाल प्रो–प्राइभेट सेक्टर पार्टी हो।’
सभापति थापाले करका दरहरू दश–पन्ध्र वर्षसम्म स्थिर राख्न पहल गरिने बताए। उनले नीति र योजनामा निजी क्षेत्रले गल्ती गरे दण्डित गरिनुपर्छ भन्ने सोचलाई राज्यको दृष्टिकोणले परिवर्तन गर्नुपर्ने बताए। उनले भने, ‘सरकार बनेको तीन–छ महिना भित्र कुन कुन कानून बदल्ने भन्ने विषय घोषणापत्रमा लेखेका छौं।’
कांग्रेसले जनताको भान्सालाई सस्तो बनाउन पनि तयारी गरेको बताए। सभापति थापाले अबको ५ वर्षभित्र नेपाललाई दक्षिण एसियामा लगानी योग्य देश बनाउने लक्ष्य रहेको बताए। उनले भने, ‘यो कसैले बोलेर हुने कुरा होइन, यसका लागि नेपालले कर दरमा ठूलो परिवर्तन गर्नुपर्छ।
