कांग्रेस सरकारले कार्की आयोगको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्छ : सभापति थापा

सभापति थापाले कार्की आयोगको प्रतिवेदनले गोली कसले चलायो र सिंहदरबार कसले जलायो भनेर प्रष्ट पार्ने विश्वास लिएको पनि बताएका छन् ।

फाल्गुन ७, २०८२

कान्तिपुर संवाददाता

Congress government will fully implement Karki Commission report: President Thapa

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले जेन-जी आन्दोलनका क्रममा भएका ध्वंस र क्षतिबारे छानबिन गर्न बनेको गाैरीबहादुर कार्की नेतृत्वकाे आयोगको प्रतिवेदनलाई आफ्नो नेतृत्वमा सरकार बने पूर्ण कार्यान्वयन गर्ने बताएका छन् ।

कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको प्रतिज्ञापत्रमाथिको सवालजवाफका क्रममा उनले यस्तो बताएका हुन् । 

सभापति थापाले कार्की आयोगको प्रतिवेदन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अघि नै आएको भए अझै राम्रो हुने पनि बताएका छन् ।  प्रतिवेदनले गोली कसले चलायो र सिंहदरबार कसले जलायो भनेर प्रष्ट पार्ने विश्वास लिएको उनको भनाइ थियो ।  

उक्त अवसरमा उनले आफ्नो नेतृत्वमा सरकार बने फास्ट ट्याकमा कानुन निर्माणलाई पनि प्रथमिकता दिने बताएका छन् । तर, फास्ट ट्याक भन्दैमा विधायिकाको अधिकार नखोस्ने तर विधायिकालाई थप जिम्मेवारी बनाउने उनको प्रतिबद्धता थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully