प्रलोपा केन्द्रीय सदस्यले रूपन्देही-३ मा एमालेलाई सहयोग गर्ने भनेपछि जिल्लाको असहमति

कसलाई समर्थन गर्ने भन्ने विषय जिल्ला कमिटी बैठकबाट टुंगो लगाउने जिल्ला इन्चार्जको दाबी

फाल्गुन ६, २०८२

घनश्याम गौतम

District disagrees after Pralopa central member says he will support UML in Rupandehi-3

What you should know

बुटवल — प्रतिनिधिसभाका उम्मेदवारलाई कारबाही गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको रुपन्देहीमा विवाद देखिएको छ । पार्टीले आफ्नै उम्मेदवारलाई कारबाही गरेपछि प्रलोपाले रूपन्देही क्षेत्र नं. ३ मा नेकपा एमालेलाई सघाउने निर्णय बुधबार सार्वजनिक गरेको थियो । 

प्रलोपाका केन्द्रीय सदस्य वामदेव क्षेत्री, बिमला विक र केन्द्रीय सदस्य एवं क्षेत्रीय इन्चार्ज रविना भण्डारीले विज्ञप्ति जारी गर्दै पार्टीका उम्मेदवार गोविन्द काराखेती अनुशासनको कारबाहीमा परेपछि प्रलोपाले रूपन्देही क्षेत्र नं. ३ मा एमालेका उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने निर्णय भएको बुधबार सार्वजनिक गरेका थिए । विज्ञप्तिमा केन्द्रीय सदस्यद्वय विक र भण्डारीले हस्ताक्षर गरेका छन् भने अर्का केन्द्रीय सदस्यले दुई पार्टीबीच भएको सहमति पत्र एमालेका उमेदवार वासुदेव घिमिरेलाई दिएका थिए । 

तर, प्रलोपाका रूपन्देही इन्चार्ज पंकज राईले भने बुधबार नै विज्ञप्ति जारी गर्दै प्रलोपाले केन्द्रीय सदस्यहरूले गरेको निर्णय जिल्लाले नमान्ने जनाएको हो । उनले जारी गरेको विज्ञप्तिमा लुम्बिनी प्रदेश अध्यक्ष परिषदको सदस्य यज्ञ पोखरेल र केन्द्रीय सदस्य वामदेव क्षेत्रीले जिल्लासँग समन्वय नगरी एकलौटी रूपमा पार्टीको समानुपातिक उमेदवार विमला विक र रविना भण्डारीलाई केन्द्र र प्रदेशसँग सल्लाह गरेर एमाले उमेदवारलाई समर्थन गर्ने निर्णय भएको भन्ने भ्रममा राखेर पार्टीको पत्रमा हस्ताक्षर गराएको दाबी गरेका छन् ।

District disagrees after Pralopa central member says he will support UML in Rupandehi-3विकले जारी गरेको विज्ञप्तिमा जिल्ला संयोजक कृष्ण बञ्जाडेको नाम उल्लेख भए पनि हस्ताक्षर छैन । रूपन्देही–३ मा पार्टीको प्रत्यक्षतर्फको उमेदवार नभएपछि कसलाई समर्थन गर्ने भन्ने विषयमा अहिले बैठक बसिरहेको र त्यसको निर्णय नै आधिकारीक हुने इन्चार्ज राईले बताए ।

सार्वजनिक विज्ञप्तमा कर्णाली प्रदेश तथा साविक राप्तिका केही स्थानमा समेत एमालेसँग चुनावी तालमेल भएको उल्लेख छ । तर, क्षेत्र खुलाइएको छैन ।

यसअघि माघ २३ गते प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रूपन्देही-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासित गरिएको थियो । उनलाई पार्टी हितविपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै पार्टीले कारबाही थियो । काराखेतीलाई आफू प्रलोपाबाट प्रत्यक्षतर्फको उम्मेदवार बने पनि श्रीमतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको आरोप लागेको थियो । 

District disagrees after Pralopa central member says he will support UML in Rupandehi-3

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully