पूर्व उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताए ।
काठमाडौँ — कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि कांग्रेसले बहुमत ल्याउनुपर्ने बताएका छन् ।
निधिले कांग्रेस सभापति गगन थापाको नेतृत्वमा सरकार बनाएर संविधानको रक्षा र विकासका काममा क्रान्ति ल्याउने बताए ।
उनले अहिले भइरहेको चुनाव सामान्य अवस्थामा नभएको बताए ।
‘यो चुनाव सामान्य अवस्थामा हुन गइरहेको छैन । निर्वाचित संसद् छैन । निर्वाचित संसद्बाट बन्ने जनउत्तरदायी सरकार छैन । संविधान ट्र्याक बाहिर छ,’ निधिले भने, ‘राज्य चलाउने कुरा नयाँ पार्टीलाई अनुभव छैन । कांग्रेसले मात्रै अहिलेको संकटबाट मुलुकलाई अघि बढाउन सक्छ ।’
नेपालमा कांग्रेसबाहेक परिवतर्नकारी पार्टी अर्को कुनै नभएको उनले बताए ।
