सुशासन र समृद्धिको पहिलो शर्त भ्रष्टाचार नियन्त्रण : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार अपेक्षित नियन्त्रण हुन नसकेको भन्दै भएका संयन्त्रबाटै सुधार हुनुपर्ने बताइन् ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

Corruption control is the first condition for good governance and prosperity: Prime Minister Karki

What you should know

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र समृद्धिको पहिलो शर्त भ्रष्टाचार नियन्त्रण नै भएको बताएकी छन् । 

३५ औं अख्तियार स्थापना दिवसका अवसरमा कार्कीले पछिल्लो समय अख्तियार आफ्नो जिम्मेवारीप्रति सशक्त भएको पनि बताइन् । भ्रष्टाचार अपेक्षित नियन्त्रण हुन नसकेको भन्दै उनले भएका संयन्त्रबाटै सुधार हुनुपर्ने बताइन् । 

जेन–जी आन्दोलन पनि सुशासनकै माग राखेर भएको भन्दै अहिले सुशासनका लागि सरकार गम्भीर भएर लागेको बताइन् । सार्वजनिक स्रोत दुरुपयोग गर्ने विरुद्ध सरकार निर्मम भएको उनको भनाई छ । 

पछिल्लो समय राज्यका स्थापित संयन्त्रबाट भएका काम र सुधारले सुशासनतर्फ अघि बढ्न सहयोग पुगिरहेको उनको भनाइ छ । आयोगले संवैधानिक जिम्मेवारी पूरा गर्न पन आग्रह गरिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully