के कुरा भयो केपी ओली र प्रधानमन्त्री कार्की भेटमा ?

निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको र अब ढुक्क भएर निर्वाचनमा लाग्न प्रधानमन्त्री सुशीला कार्कीले ओलीलाई आग्रह गरेकी थिइन् ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

What happened in the meeting between KP Oli and Prime Minister Karki?

काठमाडौँ — एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग जेन-जी आन्दोलनमा भएको घटना जाँचबुझका लागि गठन भएको आयोगको प्रगतिबारे चासो राखेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री कार्कीसँग भएको भेटमा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, निर्वाचन सुरक्षालगायत विषयमा पनि चासो दिएका थिए ।  

यस्तै, प्रधानमन्त्री कार्कीले हिमाली क्षेत्रमा निर्वाचन दोस्रो चरणमा गर्न पनि सकिने भनि दिएको अभिव्यक्तिप्रति पनि ओलीले चासो दिएका थिए । उनले नागरिक सुरक्षाका साथै मतदानस्थलदेखि सबैको सुरक्षा र धाँधली हुनसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको र अब सुरक्षामा कुनै कमीकमजोरी नहुने भएकाले ढुक्क भएर निर्वाचनमा लाग्न आग्रह गरेकी थिइन् । प्रधानमन्त्रीलाई भेट्न ओलीसँग एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए । प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएर निर्वाचन अवरुद्ध भएमा दोस्रो चरण गर्न सकिने बताएको पनि प्रष्ट पारेका थिइन् । उनले निर्वाचन भयरहित र निष्पक्ष हुने बताएकी थिइन् । 

सम्बन्धित समाचार 

एकै दिनमा हुन्छ चुनाव : प्रधानमन्त्री कार्की

कान्तिपुर

Link copied successfully