सोसल मिडियामा हाहाहुहु गरेर केही हुँदैन, नेकपा १ नम्बर पार्टी बन्न सक्छ : दाहाल

देशभर एकै चरणमा निर्वाचन गर्न सरकारलाई आग्रह

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Nothing will happen by making fun of social media, NCP can become the number 1 party: Dahal

काठमाडौँ — नेकपा संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने बताएका हुन् । 'स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन,' उनले भने । 

राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको दाहालले बताए ।

त्यस्तै उनले देशभर एकै चरणमा निर्वाचन गर्न सरकारलाई आग्रह पनि गरे ।  स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully