निर्वाचन परिचालन कमाण्ड बनाउँदै युवा संघ

१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने संघले निर्णय

माघ १९, २०८२

कान्तिपुर संंवाददाता

Youth Association forming election mobilization command

काठमाडौँ — एमालेमा आबद्ध युवाहरुको संगठन राष्ट्रिय युवा संघ, नेपालले सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष महाराज गुरुङको कमाण्डमा ५०१ जना केन्द्रीय निर्वाचन परिचालन कमाण्ड र सबै निर्वाचन क्षेत्रमा एमालेको पक्षमा जनमत बढाउने गरी निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको छ । 

आम मतदाताको सुरक्षालाई समेत ध्यानमा दिएर सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय गरिएको अध्यक्ष गुरुङले बताए । उनले भने, ‘केन्द्रमा संगठनका अध्यक्ष माहाराज गुरुङ्गको नेतृत्वमा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमाण्ड बनाएको छ । प्रदेशगत रुपमा मातहतका निर्वाचन परिचालन कमाण्डहरुलाई संयोजन र नेतृत्व गर्ने गरी पदाधिकारी र सचिवालय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको छ । यसका साथै १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमाण्ड बनाउने निर्णय भएको छ ।' 

बैठकले प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डअन्तर्गत ६७४३ वटै वडामा बडा कमाण्डर र १०९६७ वटै बुथमा बुध कमाण्डर तोकेको पनि उनले बताए । 

संघले सबै बुथहरुमा पनि त्यसको संरक्षण गर्नेगरी कमाण्डरहरु तोक्ने पनि जनाएको छ । 

कान्तिपुर

Link copied successfully