आयोगले बालेनलाई भने प्रत्यक्ष रूपमा कुनै पत्र पठाएको छैन
What you should know
काठमाडौँ — झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको भन्ने खबर राष्ट्रिय समाचार समिति(रासस) मा प्रकाशित भएका आधारमा इकान्तिपुरले पनि प्रकाशित गरेको थियो ।
बालेनकी श्रीमती सविना काफ्ले चुनाव प्रचारमा जाँदा सादा पोसाकका प्रहरीले पनि बालेनको पक्षमा मत मागेको भन्ने उजुरी आयोगमा परेको थियो । उजुरीकर्ताले यससँग सम्बन्धित श्रव्यदृश्य सामग्रीसमेत आयोगलाई बुझाएका छन् ।
यही उजुरीका आधारमा आयोगले घटनाको सत्यतथ्य बुझ्न जिल्ला निर्वाचन कार्यालय र आचारसंहिता अनुगमन गर्ने निकायलाई पत्र पठाएको जनाएको छ । तर, यस विषयमा आयोगले बालेनलाई भने प्रत्यक्ष रूपमा कुनै पत्र नपठाएको स्पष्ट पारेको छ ।
तर राससको यस सामग्री त्रुटिपूर्ण भएकाले हामीले सच्याएका छौं । यो समाचारको फ्याक्ट चेक हामीले प्रकाशन गरेका छौं - सम्पादक
