बर्दिया–२ : वन्यजन्तुबाट ज्यान जोगाइदिने उम्मेदवार पर्खिरहेका मतदाता

कांग्रेसका किशोरसिंह राठौर, एमालेकी विमला विक, नेकपाका सुरेश पन्थ, रास्वपाका श्रीधर पौडेल, नागरिक उन्मुक्ति पार्टी नेपालबाट खुसीराम थारू, उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरी प्रतिस्पर्धामा

माघ १८, २०८२

कमल पन्थी, विमल खतिवडा

Bardiya-2: Voters waiting for a candidate who will save their lives from wild animals

What you should know

बर्दिया — आसन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–२ बाट १५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यो पटक चुनावी मैदानमा नयाँ–पुराना अनुहार देखिएका छन् । कांग्रेसबाट किशोरसिंह राठौरले टिकट पाएका छन् । उनी ०७९ मा बाँके–३ बाट निर्वाचित थिए ।

कांग्रेस पूर्वसहमहामन्त्री राठौर उक्त निर्वाचनमा २९ हजार ४० मतसहित विजयी भएका थिए । निकट प्रतिस्पर्धी एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत ल्याएका थिए ।

पार्टीमा सभापति गगन थापाको विपक्षमा रहेका राठौरले अन्तिम समयमा बर्दिया–२ बाट टिकट पाएका हुन् । कांग्रेस विशेष महाधिवेशनबाट थापा सभापतिमा चुनिएपछि त्यसको विपक्षमा उभिँदै शेरबहादुर देउवा गुटका राठौर पनि निर्वाचन आयोग पुगेका थिए । Bardiya-2: Voters waiting for a candidate who will save their lives from wild animals

०५९ सालमा राठौर नेविसंघ सभापति, १२औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य र १४औं महाधिवेशनमा सहमहामन्त्री भएका थिए । राठौर बर्दिया–२ मा ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार मानबहादुर चौधरीसँग झिनो मतले पराजित भएका थिए ।

कर्णाली नदी व्यवस्थापन कार्यालय आफ्नै पहलमा राखेको राठौरको दाबी छ । ‘गुलरिया–राजापुर सडक खण्ड निर्माणमा पहल गरेको हुँ, यसलाई ४ लेनको बनाउने योजना छ,’ उनले भने, ‘कृषि आधुनिकीकरण, तटबन्ध, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, रोजगारी, औद्यौगिकीकरण लगायतका चुनावी मुद्दा अघि सारेको छु ।’

यो क्षेत्रमा एमालेबाट पूर्वमन्त्री विमला विक चुनावी प्रतिस्पर्धामा छिन् । ०६५ मा एमाले जिल्ला कमिटी सदस्य बनेकी उनी ०७७ मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री भइन् । त्यतिबेला उनी समानुपातिक तर्फबाट सांसद थिइन् । Bardiya-2: Voters waiting for a candidate who will save their lives from wild animals

उनले वन्यजन्तुको समस्या समाधान, कृषिमा आधुनिकीकरण गर्ने विषयलाई आफूले चुनावी मुद्दाका रूपमा अघि सारेको बताइन् । ‘वन ऐन संशोधन गरी वन्यजन्तुबाट नोक्सानी व्यहोरेका किसानलाई क्षतिपूर्ति बढाउने, वन्यजन्तुबाट जोखिममा रहेका बस्तीलाई मुआब्जा दिएर सुरक्षित स्थानमा सार्ने कुरा चुनावी एजेन्डामा राखेको छु,’ उनले भनिन् । 

त्यस्तै नेकपाबाट सुरेश पन्थ चुनावी प्रतिस्पर्धामा छन् । ०७९ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी पराजित हुन पुगे । नागरिक उन्मुक्ति पार्टीबाट लालवीर चौधरीसँग पन्थ पराजित भएका थिए । लालवीर नागरिक उन्मुक्ति पार्टी (नेपाल) का अध्यक्ष रेशम चौधरीका बुवा हुन् । लालवीरले २६ हजार ५ सय २० प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिस्पर्धी पन्थले २६ हजार ३ सय ८४ मत पाएका थिए । Bardiya-2: Voters waiting for a candidate who will save their lives from wild animals

पन्थले आसन्न निर्वाचनमा आफू निर्वाचित भए वन्यजन्तुको समस्या समाधान गर्ने दाबी गरे । ‘बर्दिया निकुञ्जभित्र समस्याग्रस्त वन्यजन्तुलाई ओपन जु (खुला चिडियाखाना) क्षेत्रभित्र राखिने पक्की दिवाल निर्माण गर्छु,’ उनले भने, ‘यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण हुने र बढीभन्दा बढी पर्यटक जुमा अवलोकन गर्न आउँदा आम्दानीको स्रोत बढ्नेछ ।’

उज्यालो नेपाल पार्टीबाट धर्मबहादुर चौधरी र रास्वपाबाट श्रीधर पौडेल चुनावी मैदानमा छन् । रास्वपा उम्मेदवार पौडेलले आफ्नो चुनावी मुद्दा विकास निर्माण, पर्यापर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने रहेको बताए । पौडेलको राजनीतिक यात्रा ०४६ सालमा कांग्रेसबाट भएको हो । पेसाले उनी पर्यटन व्यवसायी हुन् । ०७९ सालमा कांग्रेस छाडेर पौडेल रास्वपा प्रवेश गरेका हुन् । उनको यो पहिलो संसदीय प्रतिस्पर्धा हो ।

उज्यालो नेपाल पार्टीका चौधरी पेसाले प्राध्यापक हुन् । उनले यसअघि नागरिक उन्मुक्तिबाट प्रदेशसभा सदस्यमा कांग्रेस–माओवादी गठबन्धनका मानबहादुर चौधरीलाई १० हजार बढी मतले पराजित गरेका थिए ।Bardiya-2: Voters waiting for a candidate who will save their lives from wild animals 

उनी लुम्बिनी प्रदेशबाट भौतिक यातायातमन्त्री भएका थिए । उनी उक्त पार्टीका अध्यक्ष रेशमलाल चौधरीसँग मनमुटाब भएपछि उज्यालो पार्टीमा प्रवेश गरेका हुन् । आफू मन्त्री हुँदा राजापुर नगरपालिका, गेरुवा गाउँपालिकालगायत पालिकामा सडक, पुल, पुलेसा निर्माण गरेको उनले बताए । ‘आसन्न निर्वाचनमा नदी नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्वलगायतका समस्या समाधान गर्ने गरी जनताको घरदैलोमा छु,’ उनले भने । 

आसन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी, नेपालबाट खुसीराम थारू उम्मेदवार छन् । खुशीरामको यो पहिलो संसदीय प्रतिस्पर्धा हो । पार्टीको चुनावी मुद्दा ‘भौगोलिक सांस्कृतिक आधारमा पहिचान’ भएको उनले बताए । ‘मुद्दा धेरै भए पनि स्थानीय आधारमा टेकेर मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या, सडक, पुल पुलेसालगायत समस्या समाधान गर्ने लक्ष्य छ,’ उनले भने । Bardiya-2: Voters waiting for a candidate who will save their lives from wild animals

यस क्षेत्रमा ०७४ को निर्वाचनमा भने तत्कालीन माओवादीका सन्तकुमार थारू ५० हजार ५ सय ५५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गोपाल दहितले ३६ हजार ७ सय मत पाएका थिए । बर्दिया–२ मा १ लाख ५५ हजार २ सय ३२ मतदाता छन् ।

सधैं वन्यजन्तुको त्रास, छैन सुरक्षा 

बर्दियाको मधुवन नगरपालिका–३ धनौराका सन्तबहादुर शाही ७० वर्ष पुगे । यो उमेरमा पनि उनी रातभर जागै बस्न बाध्य छन् । ‘घरमै आएर बाघ र चितुवाले खाला भन्ने डर छ, के गर्नु ?,’ उनले भने, ‘अघिपछि हाम्रा पीडा सुन्न कोही आउँदैनन्, चुनावका बेला नानाथरीका नारा बोकेर फकाउनेको भीड लाग्छ ।’

सोही वडाकी ५५ वर्षीया तुलादेखि सिंह त्रासैत्रासमा बाँच्नुपरेको दुःखेसो पोख्छिन् । ‘पारि भारतबाट हात्ती आउँछन्, घर भत्काइदिन्छन्,’ उनले भनिन्, ‘बाघ र चितुवाको डर पनि उस्तै छ, खसीबाख्रा त खोरबाटै लग्छ, मान्छे जोगिनै गाह्रो भयो ।’ त्यसैले सधैं आफूहरूलाई भोट बैंक बनाउनेलाई यो पटक वन्यजन्तुको आक्रमण रोक्ने काम नगरे भोटै नदिने उनले अडान कसिन् । 

उनका अनुसार अहिले बसोबास गरिरहेको जग्गा ऐलानी हो । ‘हामी नेपाल–भारतको करिब ५ सय मिटर दूरीमा ऐलानी जग्गामा बसोबास गर्छौं,’ उनी भन्छिन्, ‘नाकामा हात्ती, बाघ, चितुवा छिर्न नपाउने गरी विद्युतीय तारबार गरिदिन प्रत्येक निर्वाचनमा उम्मेदवारलाई भन्छौं, कहिल्यै पूरा गरिदिएनन् ।’ बस्ती नजिकै जंगल छ । यस ठाउँमा भारतको कतरनियाघाट वन्यजन्तु आरक्षबाट वन्यजन्तु नेपाल आउने गर्छन् ।

सोही वडाकी २९ वर्षीया लक्ष्मी थारू वन्यजन्तुको डरले जाडो महिनामा ७ नबज्दै खाना खाएर सुत्ने गरेको बताउँछिन् । ‘रात परेपछि आँगनमै बाघ आइपुग्छ, राति बाहिर शौचालय आउन सकिँदैन,’ पीडा सुनाउँदै उनले भनिन्, ‘उज्यालो भएपछि मात्र बाहिर निस्कने हो ।’ उनले पनि चुनावका बेला मात्र आउने नेताप्रति आक्रोश पोखिन् । ‘चुनावमा भोट मागेर सरकारमा गएपछि सबै बिर्सिन्छन्,’ उनी भन्छिन्, ‘यो पटक त भोट दिन पनि मन छैन, आफ्ना पीडा बुझिदिए पो भोट दिनु ।’ 

भगरैयाकी ५२ वर्षीया रूपा खनाल आफूहरूले वर्षौंदेखि हात्ती, बाघ र चितुवाको आक्रमण झेल्दै आएको गुनासो गरिन् । सोही वडाको भगरैयाकी ५२ वर्षीया रूपा खनाल आफूहरूले वर्षौंदेखि हात्ती, बाघ र चितुवाको आक्रमण झेल्दै आएको गुनासो गरिन् । ‘१५ भदौ ०७८ मा बिहान ११ बजे कोठियाघाटबाट सामान लिएर सामान लिएर आउँदै गरेका १३ वर्षीय भदा विशाल ओलीलाई बाघले तानेर जंगलभित्र लग्यो, हामीले निकै खोज्यौं भेटेनौं,’ उनले गहभरि आँसु पार्दै भनिन्, ‘तीन दिनपछि जंगलमा उसको लुगा भेटियो, त्यही लुगाबाट बाघले खाएको थाहा पायौं ।’ यस क्षेत्रमा सबैभन्दा बढी बालबच्चा जोगाउन समस्या भएको उनले पीडा पोखिन् । 

मधुवनको ३, ४ र ५ नम्बर वडामा बढी समस्या रहेको स्थानीयहरू बताउँछन् । त्यसमा पनि ५० घर बढी जोखिममा रहेको स्थानीय २३ वर्षीय युवा आशिष चन्द सुनाउँछन् । सोही गाउँकी रोशनी चौधरीको पीडा पनि उस्तै छ । उनी नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्छिन् । ‘स्कुल २ किमि टाढा छ, बिहान ५ बजे ट्युसन पढ्न जाने गरेका छौं, तर यसरी जाँदा सधैं बाघ र चितुवाको डर लाग्छ,’ उनी भन्छिन् ।

यस क्षेत्रका अधिकांश स्थानीयको माग आफूहरूलाई जंगली वन्यजन्तुबाट जोगाउनुपर्ने भन्ने छ । उनीहरूले विकल्पमा सुरक्षित ठाउँमा बासस्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । त्यस्तै विद्युतीय तारबार र सडकबत्ती राख्न माग गरेका छन् ।

वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति मध्यवर्ती क्षेत्रभन्दा बाहिर बढी रहेको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रमेश थापा बताउँछन् । ‘अधिकांश मानवीय क्षति चितुवाको आक्रमणबाट भइरहेको छ, कारण कतिपय ठाउँमा निकुञ्ज, मध्यवर्ती क्षेत्र र करिडोरतिर आहारा प्रजाति राम्रो भएकाले बाघ त्यहीं बसेका छन्,’ उनले भने, ‘बाघको डरले गर्दा चितुवा टाढा–टाढा गएका छन्, टाढा जाने क्रममा चितुवालाई पनि आहारा चाहियो, जसले गर्दा पहिला कुकुरलाई आहारा बनाउन थाले, बारबर्दिया क्षेत्रमा त बाँदर पनि कम छन् ।’ 

त्यसैले भित्री बस्तीमा पुगेका चितुवाले मान्छेमाथि आक्रमण गर्न थालेको उनको भनाइ छ । ‘धेरै क्षति चितुवाबाट भएको छ, तर मान्छेहरूले चितुवालाई बाघ भनिरहेका हुन्छन्,’ उनले भने, ‘मधुवन नगरपालिकाको केही वडा नेपाल र भारत दुवैबाट प्रभावित क्षेत्रभित्र पर्छ ।’ उक्त क्षेत्र नेपालतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्तीसँग जोडिएको उनले सुनाए ।

उक्त क्षेत्रमा वन्यजन्तु ओहोरदोहोर गर्ने खाता जैविक मार्ग पर्छ । ‘यसलाई गम्भीर रूपमा लिँदै मानव–वन्यजन्तुको द्वन्द्वको अवस्था न्यूनीकरण गर्न एउटा गुरुयोजना नै बनाउनुपर्छ,’ उनले भने, ‘नेपाल सरकारले खाता जैविक मार्ग भनेर ल्याएको छ, त्यसपछि संरक्षित वन घोषणा गरे पनि अहिलेसम्म परिषद् पनि बनेको छैन ।’

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully