आचारसंहिता उल्लंघनदेखि मिथ्या सूचनामा कडाइ गर्दै निर्वाचन आयोग

उम्मेदवारसँग छलफल गरि आचारसंहिता पालनाको प्रतिवद्धता गराउने काम सुरु भएको र त्यसपछि पनि उल्लंघन गर्नेहरुलाई स्पष्टीकरण सोधेर कारबाही अघि बढाइएको छ

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Election Commission cracking down on everything from code of conduct violations to misinformation

काठमाडौँ — चुनावको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लंघनदेखि भ्रामक सूचनासम्मलाई कडाइ गर्न थालेको छ। 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग अबका दिन आचारसंहिता उल्लंघन र भ्रमपूर्ण सूचनामा काम गर्ने दाबी गरे । उनले आयोगले सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा समेत आउने भ्रामक सूचनाहरुलाई निगरानी गरेर निर्वाचन कारबाही गर्ने तयारी गरेको बताए ।

विभिन्न जिल्लामा उम्मेदवारसँग छलफल गरि आचारसंहिता पालनाको प्रतिवद्धता गराउने काम सुरु भएको र त्यसपछि पनि उल्लंघन गर्नेहरुलाई स्पष्टीकरण सोधेर कारबाही अघि बढाइएको प्रवक्ता भट्टराईले बताए ।

उनका अनुसार यो अवधिमा सरकारी निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी लगायत सबै क्षेत्रबाट आचारसंहिता पालनामा देखाएको अग्रसरताका लागि निर्वाचन आयोग अभारी छ।

भट्टराईले आचारसंहिता लागू भएदेखि हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको र ५ वटा जवाफ प्राप्त भएको उल्लेख गरे। उनका अनुसार बाँकी जवाफका लागि ताकेता भइरहेको छ। 

कान्तिपुर

Link copied successfully