पैसा बाँडेको भन्दै जाजरकोटका उम्मेदवार बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

नेकपाका उम्मेदवार शक्ति बस्नेतलाई निर्वाचन आयोगले तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

The Commission asked Jajarkot candidate Basnet for clarification on distributing money.

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटबाट उम्मेदवार बनेका शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ।

निर्वाचन आयोगका अनुसार उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण साेधेकाे हाे। 'बाजागाजा बजाइरहेको देखिने समूहका सदस्यहरुलाई पाँच सय रुपैयाँका नोटहरु प्रदान गर्दै गरेको देखिएकाले' स्पष्टीकरण बुझाउन आयोगले भनेको छ । 

आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानुनबमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टीकरण पेस गर्न आग्रह गरेको छ। आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully