राष्ट्रिय सभाको मतदान जारी: कुन प्रदेशमा कति भयो मतदान?

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका सदरमुकामहरूमा मतदान चलिरहेको छ।

माघ ११, २०८२

कान्तिपुर संवाददाता

National Assembly voting underway: How much voting took place in which province?

What you should know

काठमाडौँ — राष्ट्रिय सभाका लागि भइरहेको निर्वाचनमा मतदान जारी रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रदेशका सदरमुकामहरूमा मतदान चलिरहेको छ।

संविधानको धारा ८६ (३) मा राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त भएर रिक्त हुने स्थानका लागि पद रिक्त हुनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने उल्लेख छ। जुन प्रदेशबाट सिट रिक्त हुन लागेको हो, त्यही प्रदेशभित्रका मतदाताबाट नयाँ सदस्य निर्वाचित गर्ने व्यवस्था छ। मतदान प्रदेश राजधानीमा जारी छ । 

लुम्बिनी प्रदेशमा
प्रदेश सभा सदस्यतर्फ: महिला १८ र पुरुष ३१ । जम्मा ४९
स्थानीय तह सदस्यतर्फ: महिला २७ र पुरुष ५२ । जम्मा ७९

वागमती प्रदेशमा
प्रदेश सभा सदस्यतर्फ: महिला २४ र पुरुष ३७  । जम्मा ६१
स्थानीय तह सदस्यतर्फ: महिला ६० र पुरुष ११६ ।  जम्मा २३७

लुम्बिनी प्रदेश
प्रदेश सभा सदस्यतर्फ: महिला २० र पुरुष ३२ । जम्मा ५२
स्थानीय तह सदस्यतर्फ: महिला ४१ र पुरुष ६८ । जम्मा १०९

गण्डकी प्रदेश
प्रदेशतर्फ: ४४
स्थानीयतर्फ: १३६

कोशी प्रदेश
प्रदेश सभा सदस्यतर्फ: महिला १४ र पुरुष ३४ । जम्मा ४८
स्थानीय तह सदस्यतर्फ: महिला ६९ र पुरुष १०५ । जम्मा १७४

कर्णाली प्रदेश
प्रदेश सभा सदस्यतर्फ: महिला १३ र पुरुष २५ । जम्मा ३८
स्थानीय तहतर्फ: महिला ४९ र पुरुष ८१ । जम्मा १३०


कान्तिपुर संवाददाता

Link copied successfully