आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न सकिन्न : ओली

'विमानस्थलमा सुन तस्करलाई जस्तो चेकिङ गरेर मलाई हैरान पारियो । यो सरकार अराजनीतिक र असभ्य छ ।'

माघ १०, २०८२

कान्तिपुर संवाददाता

It is still not possible to say whether to join the movement or participate in the elections: Oli

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न नसकिने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमाथि सरकारले अपमान गरेको आरोप लगाए । 

'झापाबाट फर्कंदा विमानस्थलमा सुन तस्कर हो कि जस्तो गरी चेकिङ गरेर हैरान पारियो । विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो गर्दैन । तर हिजो एयरपोर्टमा त्यसरी हेपियो । किन भन्दा माथिबाट आदेश आएको छ रे,' उनले भने, 'यो सरकार हामीलाई दु:ख दिने कामतिर लागिरहेको छ । यो सरकार अराजनीतिक र असभ्य छ ।'

सरकारको मति नेताहरुको अपमान गर्ने रहेको ओलीले आरोप लगाए । 'त्यो व्यवहार ममाथि देखियो । सभ्य संसारमा मामी छैनौं कि जस्तो लागेको छ,' उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully