नेतृत्वसँग पटकपटक हात जोड्दा र प्रश्न गर्दा नसुनेपछि हस्तक्षेप गर्नुपर्‍यो : थापा

'जेनजी आन्दोलनमा परिवर्तनको मुद्दा उठ्यो, त्यसलाई नेतृत्वले सुन्नुपर्थ्यो, सुनेन ।'

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Had to intervene after repeated requests and questions from leadership were not listened to: Thapa

काठमाडौँ — कांग्रेस सभापति गगन थापाले परिवर्तनको सन्देश लैजानुपर्छ भनेर नेतृत्वलाई पटकपटक हात जोड्दा र औंला उठाएर प्रश्न गर्दा पनि नसुनेपछि हस्तक्षेप गर्नुपरेको बताएका छन् ।

युवाहरूसँगको छलफलका क्रममा उनले यो सामान्य अवस्था भने नभएको बताए । 'जेनजी आन्दोलनमा परिवर्तनको मुद्दा उठ्यो, त्यसलाई नेतृत्वले सुन्नुपर्थ्यो,' उनले भने ।

काठमाडौं-४ मा पटकपटक निर्वाचन लडेको र विजयी भएको भन्दै उनले  आफू जानेबुझेरै मधेश झरेको उनले बताए । 'मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भनेर टुंगो नलागेसम्म अरु पार्टीले पनि उम्मेदवार छान्न सकेनन्,' उनले भने, 'अघिल्लो पटक नै मधेश जाने सोच बनाएको थिएँ तर त्यसबेला आँट गर्न सकिँन । जबसम्म मुखले होइन आत्माले मधेशसँग जोड्दैन तबसम्म सिंगो नेपालको हुन सक्दिनँ ।' 

एउटा सांसदको कार्यालय सर्लाहीमा स्थापना गर्ने उनले बताए । 'मैले सर्लाहीको रोजगारीको विषयमा मैले काम गर्ने हो । शिक्षा र स्वास्थ्यका क्षेत्रमा म मन्त्री हुँदा बनाएका देशविदेशका नेटवर्कसहित काम गर्नेछु,' उनले प्रतिबद्धता जनाए । 

थापा साबिक निर्वाचन क्षेत्र छाडेर आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही-४ बाट चुनाव लड्दै छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully