सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले थापालाई भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress decides to nominate President Thapa as the future Prime Ministerial candidate

काठमाडौँ — कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

पार्टी मुख्यालय सानेपामा बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले भावी प्रधानमन्त्री थापालाई तोकेर निर्वाचनमा होमिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमिति बैठकले थापालाई प्रधानमन्त्रीका रुपमा अघि सारेर जाने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए ।

'देशको प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा मतदातालाई सजिलो होस् भनेर यस्तो निर्णय गरिएको हो,' उपसभापति विश्वप्रकाश शर्माले भने । 

शर्माले बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए ।

कान्तिपुर

Link copied successfully