आधिकारिक उम्मेदवार लेखनाथ सिन्धुली १ बाट सिफारिस भएका थिए । 'सिफारिस नभएका लेखनाथलाई कसरी टिकट दिइयो ?' गजुरेलको प्रश्न छ ।
What you should know
काठमाडौँ — सिन्धुली-२ मा पनि नेपाली कम्युनिष्ट पार्टीका नेता महेश्वर दाहालले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएपछि समर्थक रहेका नेता हरिबोल गजुरेल पक्षले विद्रोह गरेको छ ।
सिन्धुली-२ बाट पूर्वसांसद लेखनाथ दाहाललाई नेकपाले आधिकारिक उम्मेदवार बनाएपछि गजुरेल पक्षले विद्रोह गरेको हो । पार्टी संयोजकको निर्देशनविपरीत गजुरेलले दाहाललाई उम्मेदवारबाट फिर्ता गराउन नमिल्ने भन्दै विद्रोह गरेको बताएका छन् । ‘यो पार्टीभित्रको विद्रोह हो,’ उनले भने, ‘विधि र पद्धतिका लागि विद्रोह हो ।’
आधिकारिक उम्मेदवार लेखनाथ सिन्धुली १ बाट सिफारिस भएका थिए । 'सिफारिस नभएका लेखनाथलाई कसरी टिकट दिइयो ?' गजुरेलको प्रश्न छ ।
संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले महेश्वरको उम्मेदवारी फिर्ता लिई नेकपाका आधिकारिक उम्मेदवार लेखनाथलाई समर्थन गर्न विशेष निर्देशन दिएका थिए । ‘केन्द्रीय सदस्य कमरेड महेश्वर दाहालले पार्टी निर्णयविरुद्ध अनाधिकृत रुपमा मनोनयन पत्र दर्ता गरेको कार्यमा तपाईं प्रस्तावक रही सहयोग भएको पुष्टि भएकोले तत्काल उक्त अनाधिकृत मनोनयपत्र फिर्ता गराई पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन तथा सहयोग गरी पार्टीको निर्णय कार्यान्वयन गर्न तपाईंलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट विशेष निर्देशन जारी गरिएको छ,’ निर्देशनमा उल्लेख छ ।
तर गजुरेलले संयोजक दाहालले विधि पद्धतिको उल्लंघन गरेकाले त्यसको भागिदार उनै हुनुपर्ने बताए । ‘जसले विधि, पद्धति उल्लंघन गर्यो । उसैलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘हामीले उम्मेदवार सिफारिस विधि, पद्धतिअनुसार महेश्वर दाहाललाई उम्मेदवार बनाएका छौं ।’
सिन्धुली-२ का नेकपामा बागी उम्मेदवार महेश्वरले ‘हुकुमी प्रमांगी’लाई नमान्ने बताएका थिए ।
‘जिल्ला कार्यदलले गरेको सिफारिस गरेकोमध्ये एक म थिएँ । लेखनाथलाई क्षेत्र नम्बर १ बाट सिफारिस गरिएकोमा हुकुमी प्रमांगीबाट क्षेत्र नम्बर २ मा टिकट दिइयो,’ महेश्वरले भनेका थिए, ‘हामी हुकुमी प्रणालीलाई मान्दैनौं । जिल्ला पार्टी समितिले मान्दैन । केन्द्रको मनोमानी किन मान्ने ?,’ २०७९ को निर्वाचनमा धादिङ-२ बाट लेखनाथले जितेका थिए ।
