कांग्रेसले भन्यो- 'नवलपरासी-२ को आधिकारिक उम्मेदवार कँडेल

पार्टी सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे जानकारी गराएका हुन् ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

Congress says - 'Kandel is the official candidate for Nawalparasi-2'

काठमाडौँ — कांग्रेसले नवलपरासी पश्चिम प्रतिनिधिसभा क्षेत्र नं. २ मा आधिकारिक उम्मेदवार देवेन्द्रराज कँडेल भएको जानकारी दिएको छ ।

पार्टी सभापति गगनकुमार थापाले निर्वाचन आयोगलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे जानकारी गराएका हुन् । 

यसअघि निर्वाचन आयोगले बिहीबार भीमबहादुर थापाको उम्मेदवारी कायम रहेको जानकारी दिएको थियो । दुवै जनाले पार्टीबाट टिकट ल्याएर उम्मेदवारी दर्ता गरेपछि आधिकारिकता विवाद उत्पन्न भएको थियो । थापाले सुरुमा उम्मेदवारी दर्ता गराएका थिए । उनको प्रस्तावकमा केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थक यमलाल भुसाल थिए ।

निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको थियो । कँडेलले केही समयपछि उम्मेदवारी दर्ता गरेका थिए । 

दुवै जनाले आफूलाई आधिकारिक उम्मेदवार दाबी गरेपछि जिल्ला मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले दुई दिनको समय लिएर अध्ययन गरी बिहीबार थापालाई आधिकारिकता दिएका थिए ।

Congress says - 'Kandel is the official candidate for Nawalparasi-2'

कान्तिपुर संवाददाता

Link copied successfully