दिउँसो २ बजेसम्म ४९ जनाले उम्मेदवारी फिर्ता लिए

उम्मेदवारी फिर्ता लिने समय शुक्रबार ५ बजेसम्मका लागि तोकिएको छ ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

As of 2 pm, 49 people had withdrawn their candidacies.

काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका ४९ जनाले नाम फिर्ता लिएका छन् ।

शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारीबाट नाम फिर्ता लिनेको संख्या ४९ पुगेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उम्मेदवारी फिर्ता लिने समय शुक्रबार ५ बजेसम्मका लागि तोकिएको छ । 

२१ फागुनमा प्रतिनिधिसभाका ११० समानुपातिक र १६५ सिटमा प्रत्यक्षतर्फको निर्वाचन हुँदै छ। त्यसमध्ये १३ र १४ पुसमा समानुपातिकको बन्दसूची दलहरुले बुझाएका थिए । ६ माघमा देशभर प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गरिएकामा उम्मेदवारी फिर्ता गर्ने समय शुक्रबार तोकिएको छ ।

हालसम्म पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

कान्तिपुर

Link copied successfully