मन्त्रिपरिषद्को सिफारिसमा आफूले आममाफी पाएको उल्लेख गर्दै उनले उम्मेदवारका लागि योग्य भएको जिकिर गरेका छन्।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले स्पष्टीकरण बुझाएका छन् ।
बिहीबार चौधरीले कैलाली निर्वाचन क्षेत्र नं. १ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रस्टीकरण बुझाएका हुन्। उनीविरुद्ध बुधबार उजुरी परेको थियो। उजुरीमा उनको उम्मेदवारी हुन आयोग्य भएकाले रद्द गर्न माग गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा आफूले आममाफी पाएको उल्लेख गर्दै उनले उम्मेदवारका लागि योग्य भएको जिकिर गरेका छन्। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १६ को उम्मेदवारको अयोग्यता सम्बन्धनमा देहाय (घ) मा कुनै कसूरमा जन्मकैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएमा त्यस्तो सजाय पाउने व्यक्तिले निर्वाचनको उम्मेदवार हुन नपाउने, अयोग्य हुने भन्ने कानुनी व्यवस्था मेरो हकमा आकर्षित हुने होइन,’ उनले भनेका छन् ।
