भक्तपुर-२ का दुई उम्मेदवारविरुद्धको उजुरी खारेज

आयोगमा रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी जानुका पाठकविरुद्ध उजुरी दर्ता भएको थियो । 

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Complaints against two candidates from Bhaktapur-2 dismissed

काठमाडौँ — निर्वाचन आयोगले भक्तपुरका दुई उम्मेदवारविरुद्ध दर्ता भएको उजुरी खारेज गरेको छ । आयोगमा रास्वपाका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी*जानुका पाठकविरुद्ध उजुरी दर्ता भएको थियो । 

आयोगमा कुल पाँच वटा उजुरी दर्ता भएको थियो । तीमध्ये माधवकुमार नेपालको जिल्ला निर्वाचन कार्यालयले दरपीठ गरेको थियो भने कैलालीका रेशम चौधरीको निर्णय हुने क्रममा रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

उक्त क्षेत्रमा नेकपा एमालेबाट महेश बस्नेत अनि नेपाली कांग्रेसबाट कविर राणा उम्मेदवार रहेका छन् ।

*यसअघि अन्यथा भएकाले सच्याइएको छ । 

कान्तिपुर

Link copied successfully