क्षेत्र नं ४ का जालिम मिया भने निरन्तर दोस्रो पटक सोही क्षेत्रबाट अवसर पाउँदैछन् । यसअघिको प्रतिनिधि सभा निर्वाचनमा उनी कांग्रेसका रमेश रिजालसँग निकटतम प्रतिद्वन्द्वीका रूपमा पराजित भएका थिए ।
पर्सा — एमालेले पर्साका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा नयाँ र एउटामा पुरानै उम्मेदवारलाई निरन्तरता दिएको छ । क्षेत्र नं १ मा प्रदीप यादव, २ मा रिमा यादव, ३ मा प्रमोद जैसवाल र ४ मा जालिम मियालाई टिकट दिएर यसपटक एमाले पर्सामा चुनावमा होमिएको छ ।
निर्वाचनको मुखमा रातारात उपेन्द्र यादव नेतृत्वको जसपा परित्याग गरी प्रदीप यादव एमाले प्रवेश गरेर क्षेत्र नं १ बाट एमाले उम्मेदवार बनेका छन् ।उनी यो क्षेत्रबाट निवर्तमान सांसद पनि हुन् । यादव नेतृत्वको जसपा साताअघि मात्र प्रवेश गरेका उनी त्यसअघि अशोक राई नेतृत्वको जसपामा आबद्ध थिए ।
२९ वर्षीया रिना यादव एमालेमा नयाँ अनुहार हुन् । जेनजी उमेर समूह, मधेशी तथा महिलासमेत भएकाले क्षेत्र नं २ बाट उनलाई एमालेले अवसर दिएको छ।
यसअघि क्षेत्र नं ३ बाट प्रायः निवर्तमान सांसद राजकुमार गुप्ताले अवसर पाउँदै आएकामा उनी यसपटक भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले उनको स्थानमा रूपेश पाण्डेलाई एमालेले अघि सारेको छ । त्यस क्षेत्रबाट नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका पाण्डेले यस वर्ष आफू उम्मेदवारको आकांक्षी रहेको बताउँदै आएका थिए । तर कांग्रेसले फेरि सुरेन्द्र चौधरीलाई नै उम्मेदवार बनाएपछि अन्तिम समयमा आएर उनलाई एमालेले उम्मेदवार बनाएको हो । व्यावसायिक पृष्ठभूमि भएका पाण्डेको प्रतिनिधि सभा निर्वाचनमा यो पहिलो अनुभव हुनेछ ।
क्षेत्र नं ४ का जालिम मिया भने निरन्तर दोस्रो पटक सोही क्षेत्रबाट अवसर पाउँदैछन् । यसअघिको प्रतिनिधि सभा निर्वाचनमा उनी कांग्रेसका रमेश रिजालसँग निकटतम प्रतिद्वन्द्वीका रूपमा पराजित भएका थिए । यस पटक पनि उनको रिजालसँगै भिडन्त हुने पक्का छ । एमाले प्रवेश गर्नुअघि मिया तत्कालीन नेकपा माओवादीमा आबद्ध थिए । उनी हालसम्म प्रतिनिधि सभा सदस्य निर्वाचित हुन सकेका छैनन् ।
