क्षेत्र नम्बर १ मा १३ र क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी
पाल्पा — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पाको दुई निर्वाचन क्षेत्रमा राजनैतिक दल र स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी मनोनयन गरेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ९ राजनीतिक दल र ४ स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दशरथ पंगेनीले बताए । त्यस्तै, क्षेत्र नम्बर २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।
पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट सन्दीप राना र क्षेत्र नम्बर २ बाट हिमालदत्त श्रेष्ठले उम्मेदवार दर्ता गराएका छन् । त्यस्तै नेकपा एमाले क्षेत्र नम्बर १ बाट नारायण प्रसाद आचार्य र क्षेत्र नम्बर २ बाट ठाकुर प्रसाद गैरेले मनोनयन दर्ता गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पामा क्षेत्र नम्बर १ बाट हुमबहादुर सुनारी र क्षेत्र नम्बर २ बाट सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाल्पा क्षेत्र नम्बर १ बाट र क्षेत्र नम्बर २ बाट माधव बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । पाल्पामा राप्रपाबाट क्षेत्र नम्बर १ बाट बृहस्पति अर्याल र क्षेत्र नम्बर २ बाट डुलबहादुर कुंवरले मनोनयन दर्ता गराएका छन् ।
राष्ट्रिय जनमोर्चाले क्षेत्र नम्बर १ बाट नरमति सिंजाली र क्षेत्र नम्बर २ बाट बालबहादुर दर्लामी (विशाल) ले मनोनयन दर्ता गराए ।
पाल्पा क्षेत्र नम्बर १ बाट नेशनल रिपब्लिक नेपालबाट थमन सिं रेश्मी मगर, मंगोल नेशनल अर्गनाइजेशनबाट सलन चिदी मगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट पुरन गैहृे शर्माले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर १ बाट कोशल अर्याल, डिल्लीराज काफ्ले, बुद्धबहादुर विरकट्टा र बाछा दली मिया स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनमुक्ति पाटीमा टोपबहादुर अस्लामी, जनता समाजवादी पाटी (एकल चुनाव चिन्ह) बाट खिकबहादुर रेश्मी, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट मानबहादुर दर्लामीले मनोनयन गरेका छन् ।
सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट बिष्ण ठडराई (सार्की) प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसीले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ बाट मोहन कुंवर थापा मगर, केशव प्रसाद बस्याल, देवी प्रसाद भण्डारीले स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका छन् । कुंवर थापा मगर एमाले पूर्वउपाध्यक्ष हुन् ।
