धनकुटामा दल र स्वतन्त्र गरि १८ जनाको उम्मेदवारी दर्ता

१४ राजनितिक दल र ४ स्वतन्त्रको उम्मेदवाारी दर्ता

माघ ७, २०८२

कान्तिपुर संवाददाता

18 candidates, including parties and independents, register their candidacies in Dhankuta

धनकुटा — धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि राजनितिक दल र स्वतन्त्र गरि १८ जनाले मनोनयन दर्ता गराएका छन् ।

धनकुटामा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन पार्टी, जनता समाजवादी पार्टी जनता समाजवादी पार्टी नेपाल लगायत १४ राजनितिक दल र ४ स्वतन्त्र गरि १८ जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिए ।

धनकुटामा नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली कााग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टीबाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बिभत्सु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविवन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशलनल अर्गनाइजेशनबाट सागर राईले उमेदवारी दर्ता गराएका छन् ।

मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

कान्तिपुर

Link copied successfully