एमाले अध्यक्ष ओलीले झापा- ५ बाट मनोनयन दर्ता गराए

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गराएका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

UML Chairman Oli files nomination from Jhapa-5

काठमाडौँ — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । उनले झापा- ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार ओलीले मनोनयन दर्ता गराएका हुन् । 

झापा- ५ मा रास्वपाबाट बालेन्द्र शाहले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रबाट नेकपाका रञ्जित तामाङ पनि चुनावी प्रतिस्पर्धामा छन् ।

कान्तिपुर

Link copied successfully