काठमाडौं-२ मा अहिलेसम्म ९ जनाले गराए उम्मेदवारी दर्ता

स्वतन्त्र र दलगत रुपमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

So far, 9 candidates have registered their candidacies in Kathmandu-2.

काठमाडौँ — काठमाडौं क्षेत्र २ स्थित निर्वाचन कार्यलयमा अहिलेसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं क्षेत्र २ स्थित निर्वाचन कार्यलयमा अहिलेसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत शान्ति न्यौपानेले स्वतन्त्र र दलगत रुपमा ९ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिइन् । 

उनका अनुसार उपेन्द्र कार्कीले नेकपा (संयुक्त), शर्मिला मालीले नेपाल मजदुर किसान पार्टी, मणिराम फुयाँलले एमाले, कुन्तीदेवी पोख्रेलले राप्रपा, बालचन्द्र श्रेष्ठले प्रगतिशील लोकतान्त्रिक, आनन्द सिम्खडाले जय मातृभूमि र नितेश पौडेलले नेकपाबाट उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्रतर्फ रुपक सिम्खडा र अर्जुन ढुंगानाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

'अहिले दर्ता गराउनेहरु त आइरहनु नै भएको छ । तर, दर्ता गराएर जानेहरु चाहिँ ९ जना हुनुभयो,' न्यौपानेले भनिन् ।

कान्तिपुर संवाददाता

Link copied successfully