नेकपाबाट भक्तपुर- २ मा सापकोटाको उम्मेदवारी दर्ता

अबको चुनावले संक्रमणकालीन अवस्थाको अन्त्य गर्ने सापकोटाले बताए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Sapkota files candidacy for Bhaktapur-2 from NCP

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका नेता रामप्रसाद सापकोटाले भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर- २ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

सापकोटाले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । उनले निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्यौलताका बीच अब चुनावको वातावरण बनेको हो ।

अबको चुनावले संक्रमणकालीन अवस्थाको अन्त्य गर्ने सापकोटाले बताए । शान्तिपूर्ण तरिकाले निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ छ ।  

भक्तपुर- २ बाट एमाले सचिव महेश बस्नेत उम्मेदवार छन् । यो क्षेत्रमा रास्वपाबाट राजिव खत्री उम्मेदवार बनेका छन् भने कांग्रेसबाट कविर राणा उम्मेदवार बनेका छन् । 

कान्तिपुर

Link copied successfully