झापा-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत उम्मेदवारी दर्ता गराएका छन्
काठमाडौँ — झापा-३ मा कांग्रेसबाट राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् घिमिरेले मंगलबार नै प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएका थिए ।
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनेका घिमिरे कांग्रेस झापाका पुराना नेता हुन् ।
झापा-३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा लिङ्देनले कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलालाई हराएका थिए ।
