राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो र नेकपाका नेता यादव पुनः एक पटक एकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिने भएका हुन् ।
सर्लाही — आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर-२ बाट राजेन्द्र महतो र महीन्द्र राय यादव फेरि एकपल्ट भिड्दैछन् । महतो र यादव दुवैले आज अपराह्न उम्मेदवारी दर्ता गराउने तयारीमा जुटेका छन् ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो र नेकपाका नेता यादव पुनः एक पटक एकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिने भएका हुन् । यसअघि दुई पटक आमने–सामने भएकोमा यादवले महतोलाई दुवैपटक पराजित गरेका थिए ।
यसअघि २०७० सालको दोस्रो संविधान सभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनीहरू एकै क्षेत्रबाट चुनावी मैदानमा उत्रेका थिए ।
दुवै पटक २ हजारभन्दा बढी मतका साथ यादवले महतोलाई पराजित गरेका थिए । २०७४ सालको चुनावमा भने महतो धनुषा पुगेपछि यी दुवै नेता आमने–सामने भएका थिएनन् ।
