मिश्र यसअघि २०७४ र २०७९ मा काठमाडौं-१ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए
काठमाडौँ — राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दर्ता गराएका छन् । मिश्रको प्रस्तावकमा पुरुषोत्तमप्रसाद ढुंगेल र समर्थक विनोद थापा रहेका छन् ।
मिश्र यसअघि पनि काठमाडौं-१ बाटै २ पटक उम्मेदवार बने पनि जित हात पार्न सकेका थिएनन् । २०७९ मा कांग्रेस नेता प्रकाशमान सिंहसँग उनी झिनो मतान्तरले पराजित भएका थिए । उनी सिंहसँग १२५ मतको अन्तरले मात्र हारेका थिए ।
त्यस्तै २०७४ सालमा भने मिश्र विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनी सिंहसँगै ८ सय १८ मतले पराजित भएका थिए ।
