आगजनीका कारण क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालयको अवस्था अवलोकन गर्दै अध्यक्ष ओलीले सुरक्षा संयन्त्रलाई थप चुस्त बनाइनुपर्ने बताए
दमक, झापा — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भदौ २४ को प्रदर्शनका क्रममा आगजनी र लुटपाट भएको इलाका प्रहरी कार्यालय तथा दमक नगरपालिका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
झापा-५ मा उम्मेदवारी मनोनयनका लागि सोमबार दमक आइपुगेका अध्यक्ष ओलीले आन्दोलनका नाममा हिंसात्मक गतिविधि भएको बताएका हुन् ।
आगजनीका कारण क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालयको अवस्था अवलोकन गर्दै अध्यक्ष ओलीले सुरक्षा संयन्त्रलाई थप चुस्त बनाइनुपर्ने आवश्यकता औंल्याए। उनले शान्ति सुरक्षाको जिम्मेवारी राज्यको भएको उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी छिटो कारबाही गर्न आग्रह गरे।
दमक नगरपालिकाको निरीक्षणका क्रममा ओलीले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा पार्टी कार्यकर्तासँग छलफल गरेका थिए।
