मनाङमा ५ जनाको मनोनयन दर्ता, रास्वपाले दिएन उम्मेदवारी

कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङ, नेकपाबाट यशोदा गुरुङ (सुवेदी), राप्रपाका कुविरसिंह गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले मनोनयन दर्ता गराए

माघ ६, २०८२

आश गुरुङ

Nominations of 5 people registered in Manang, RSVP did not file candidacy

लमजुङ — मनाङमा ५ वटा राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कांग्रेस, एमाले, नेकपा, राप्रपा र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवारले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

कार्यालयका अनुसार रास्वपा र स्वतन्त्रका तर्फबाट कसैले पनि मनोनयन दर्ता गराएका छैनन् ।

कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङ, नेकपाबाट यशोदा गुरुङ (सुवेदी) ले मनोनयन दर्ता गराएका छन् । टेकबहादुर गुरुङ र पोल्देन छोपाङ गुरुङ यसअघि २ पटक आमने सामने भएका छन् । दुवैले १/१ पटक चुनाव जितेका छन् ।

यस्तै, राप्रपाका कुविरसिंह गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully