२०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गरेर उनले ह्याट्रिक गरेका थिए । तर, २०७९ को निर्वाचनमा भने उनी एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित हुन पुगे ।
काठमाडौँ — नेकपाका नेता गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर यसै क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका पोखरेलको यो पाँचौँ चुनावी यात्रा हो ।
वाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा पोखरेलले पञ्चेबाजा र दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
उता, एमालेले पनि अघिल्लो निर्वाचनका विजेता लक्ष्मी महतो कोइरीलाई नै पुनः चुनावी मैदानमा उतारेको छ । गिरिराजमणि पोखरेल २०६४ यताका हरेक निर्वाचनमा यस क्षेत्रको मुख्य केन्द्रविन्दुमा रहँदै आएका छन् ।
२०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गरेर उनले ह्याट्रिक गरेका थिए । तर, २०७९ को निर्वाचनमा भने उनी एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित हुन पुगे ।