मन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

पुनले आफ्नै अभियानमा लाग्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Mahavir Pun, who resigned as a minister, is an independent candidate from Myagdi.

म्याग्दी — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले मंगलबार मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अरु मन्त्रीहरूले दलमार्फत चुनावी मैदानमा उत्रिन राजीनामा दिएका बेला पुनले भने आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका थिए ।

पुनले राजीनामा दिनुअघि आफूलाई प्राप्त राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक सरकारलाई दान दिएका छन् । पुनले सामाजिक सञ्जालमार्फत मंगलबार ती पदक सरकारलाई दान दिएको जानकारी सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, 'मैले पाएको सम्पूर्ण अन्तर्राष्ट्रिय र राष्ट्रिय पदकहरू नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवज्यूमार्फत दान गरियो ।'

आफूलाई प्राप्त पदक बेच्न चाहे पनि कसैले नकिनेपछि सरकारलाई दान दिएको पुनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully