देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट

पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Mahar gets ticket in Deuba's place after he won't contest the election

काठमाडौँ — नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेलधुरामा नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महरले चुनाव लड्ने भएका छन् । 

पूर्व सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन् । 

कांग्रेसको टिकट वितरणको टुंगो अझै लागिसकेको छैन । संसदीय बोर्डको बैठक अहिले पनि जारी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully