निर्वाचनको मैदानमा पत्रकार

पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा प्रत्यक्ष सहभागिता यसअघि पनि हुँदै आएकामा त्यो क्रममा अझ बढोत्तरी आएको छ । 

माघ ६, २०८२

रासस

Journalists in the election arena

काठमाडौँ — आसन्न प्रतिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा प्रत्यक्ष सहभागिता यसअघि पनि हुँदै आएकामा त्यो क्रममा अझ बढोत्तरी आएको छ । 

प्राप्त जानकारीअनुसार पत्रकार एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–२ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने चर्चित टेलिभिजन प्रस्तोता ऋषि धमला आमजनता पार्टीबाट रौतहट–४ मा उम्मेदवार बनेका छन् । 

नेपाली कांग्रेसका तर्फबाट भक्तपुर–२ मा पत्रकार कविर राणा र रास्वपाबाट राजीव खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जुम्ला–१ बाट मनऋषि धिताल, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हुम्लामा दीपेन्द्र रोकाय र सोही पार्टीको काठमाडौँ क्षेत्र १० बाट रुपा महर्जन, दोलखा निर्वाचन क्षेत्र नं १ बाट अजयबाबु सिवाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ–६ मा उद्धवराज भेटवाल र झापा–२ मा राप्रपाका तर्फबाट स्वागत नेपालले उम्मेदवारी दिएका छन् । 

पूर्वपत्रकार नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सूर्यबहादुर थापा क्षेत्री प्यूठानबाट उम्मेदवार बनेका छन् । पत्रकारिता पृष्ठभूमिका रास्वपाका सभापति रवि लामिछाने, सोही पार्टीका दीपक बोहरा, सोविता गौतम र निशा डाँगी पनि उम्मेदवार बनेका छन् । लामिछाने, गौतम र डाँगी यसअघिको निर्वाचनमा प्रतिनिधिसभामा विजयी भएका थिए ।

रासस

Link copied successfully