जगदीश खरेल ललितपुर-२ बाट रास्वपा उम्मेदवार

रास्वपा नेता गणेश पराजुलीका अनुसार खरेलको पार्टी प्रवेश र स्वागत कार्यक्रम ११ बजेलाई राखिएको छ । 

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Jagdish Kharel is the RSP candidate from Lalitpur-2.

काठमाडौँ — सोमबार सञ्चारमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमै रास्वपा प्रवेश गर्ने भएका छन् । रास्वपा नेता गणेश पराजुलीका अनुसार खरेलको पार्टी प्रवेश र स्वागत कार्यक्रम ११ बजेलाई राखिएको छ । 

खरेल ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने पक्का भएको छ । यसअघि आफू चुनाव उठ्नेबारे निर्णय नभएको भन्दै आएका खरेलले मनोनयनको एक दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि चुनाव गराउने मुख्य जिम्मेवारीसहित बनेको सरकारका ४ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । मंगलबार मात्रै शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । उनले आफ्नै अभियानमा लाग्न भन्दै राजीनामा दिएका हुन् । 

यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

कान्तिपुर

Link copied successfully