प्रतिनिधिसभा निर्वाचन : १६५ सीटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता

निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

House of Representatives election: 3,484 candidates register for 165 seats

काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ र ११ सय ८७ स्वतन्त्रतर्फ उम्मेदवारी परेको हो । जसमा ३ हजार ८८ पुरुष र ३९५ महिला रहेका छन् ।  

फागुन २१ मा १६५ सीटका लागि निर्वाचन हुँदैछ । आज बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको थियो । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्रपत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले आह्वान गरेको थियो ।

माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ । माघ ७ गते दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । 

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । 

House of Representatives election: 3,484 candidates register for 165 seats

कान्तिपुर

Link copied successfully