चितवन-३ मा नेकपाबाट पूर्वमेयर रेनु दाहालको उम्मेदवारी दर्ता

मेयर हुँदा गरेको विकास निर्माणको कामलाई हेरेर जनताले मत दिने उनको भनाइ छ  ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Former Mayor Renu Dahal files candidacy from NCP in Chitwan-3

चितवन — चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन् । दाहालले  रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा रहेको निवार्चन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । 

उमेदवारी दिनअघि दाहालले मंगलबार बिहानै भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएकी थिइन् । उम्मेदवारी दर्तापछि उनले प्रतिक्रिया दिँदै चुनावी मैदानमा प्रतिस्पर्धी नभएको बताइन् ।

Former Mayor Renu Dahal files candidacy from NCP in Chitwan-3'जनताले भरतपुरकी छोरीले काम गर्छे भनेर मत दिन्छन् । दुई पटक मत दिएर जिताइसके क्षेत्र नम्बर ३ बाट पनि जिताउँछन्,' उनले भनिन् । मेयर हुँदा गरेको विकास निर्माणको कामलाई हेरेर जनताले मत दिने उनको भनाइ छ  ।

Former Mayor Renu Dahal files candidacy from NCP in Chitwan-3

कान्तिपुर

Link copied successfully