सप्तरी-२ बाट पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवको मनोनयन दर्ता 

दुई साताअघि उनी नेकपाबाट जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए ।

माघ ६, २०८२

विद्यानन्द राम

Former Irrigation Minister Umesh Kumar Yadav's nomination registered from Saptari-2

राजविराज — आसन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवले सप्तरी क्षेत्र नम्बर-२ बाट मनोनयन दर्ता गरेका छन्। दुई साताअघि उनी नेकपाबाट जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए । मंगलबार उनले जसपाबाटै मनोनयन दर्ता गराएका हुन् । 

२०७० सालको संविधानसभा चुनावमा सप्तरी–३ बाट निर्वाचित भएका उनी २०७४ मा जसपा अध्यक्ष उपेन्द्र यादवसँगै चुनाव लडेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लडेका उमेशले ११ हजार ५७९ मत पाउँदा उपेन्द्रले २१ हजार ६२० मत प्राप्त गरेका थिए । 

यहाँ ५६ हजार ४ सय पुरुष, ४९ हजार ५ सय २० महिला र २ जना अन्य गरी कूल १ लाख ५ हजार ९२२ जना मतदाता छन् । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully